मतदान अघि अन्तर्राष्ट्रिय समुदायले कंगोली जनतालाई शान्त रहन अपिल गरेको थियो । भौगोलिक हिसाबले विश्वको १२ औं ठूलो मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा सन् १९९६ देखी २००३ सम्म चलेको गृहयुद्धको अन्त्य पछिको यो दोस्रो राष्ट्रपतिय निर्वाचन हो । सो गृहयुद्धमा ४० लाख मानिसको मृत्यु भएको थियो । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा संयुक्त राष्ट्रसंघको शान्ति मिशन अन्तर्गत नेपाली सेना सहित २० हजार विभिन्न मुलुकका सेना तैनाथ छन् ।