उमाकान्त पाण्डे गाउंले / राम खड्का
यूएई डेस्क- शिक्षक नियुक्तीमा अनियमितता भएको भन्दै अर्घाखाँचीमा क्रियाशिल पाच बिद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीमा मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।
शिक्षा जस्तो अति संबेदनशिल क्षेत्रमा दलगत भाग बन्डा र मनोमानी ढंगले शिक्षक नियुक्ति गरेको प्रति विद्यार्थी संगठनहरुले आपत्ति पर्कट गरेका छन् ।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नारायण खनाल,नेवि संघका का.वा. अध्यक्ष दुर्गा प्रसाद खनाल,अनेरास्ववियुका अध्यक्ष भरत न्यौपाने,अनेरास्ववियु छैठौका का.वा.अध्यक्ष गोपाल भट्टराइ र अनेरास्वोवियु एकिकृत क्रान्तिकारीका अध्यक्ष राधा नेपालीद्धारा सम्युत्तरुपमा हस्ताक्षरित ज्ञापन पत्रमा स्वच्छ प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्न माग गरिएको छ।
ज्ञापन पत्रमा आफ्ना मागहरुप्रति सम्बन्धित पक्ष संवेदलशिल नभए आन्दोलनमा उत्रने चेतावनि समेत दिएको छ ।
यस् अघी पनि शिक्षक नियुत्ती प्रकृया स्थगित गर्न अर्घाखाँचीमा कृयाशिल साना दलहरुले ज्ञापन पत्र बुझाएका थिए ।
तर ठुला दलहरुको मिलिमतोमा साना दललाई पेलेर गएकोले पत्रकार सम्मेलन गरी साना दलहरुले गरेको “बिरोध” को खबर प्रकाशन गर्ने संचार माध्यमलाई दबाउन खोजिएको थियो।
यस् क्रममा अर्घाखाँची डट्कम् ले नियमित रुपमा जनबोली बोल्दै आएकोले यस् पटक पनि यो खबर सबै भन्दा पहिला अर्घाखाँची डट्कम् तथा जिल्ला मा सकृय एफएम रेडियोले प्रकाशन तथा प्रसारण गरेका छन।
यस् अघी प्रकाशन भएका सम्बन्धित समाचार :
यूएई डेस्क – जिल्ला स्थित अर्घाखाँचीडट्कमको बिशेष स्रोतबाट प्राप्त समाचारमा जनाए अनुसार तत्कालका लागि शिक्षक नियुक्ती प्रकृया रोक्न जिल्लामा क्रियाशिल ६ दलले जिल्ला शिक्षा कार्यालयलाई चेतावनी दिएका छन् ।
हिजो अर्घाखाँची डट्कम् तथा अर्घाखाँची स्थित बिभिन्न संचारमाध्यममा प्रकाशित-प्रसारित समाचारमा ‘अर्घाखाँचीका बिधालयमा रिक्त रहेका शिक्षक कोटा बाड्न पार्टीहरुको गोप्य छलफल’ श्रीर्षकको समाचारलाई ध्यानमा राख्दै आज जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीमा जिल्लामा कृयाशिल साना ६ दलले सयुक्त रुपमा ज्ञापन पत्र दिदै यस्तो चेतावनी दिएका हुन।
यसरी सयुक्त रुपमा ज्ञापन पत्र दिने दलहरुमा नेपाली जनता दल, राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले र राष्टिय जनमुक्ति पार्टी अर्घाखाँची रहेका छन।
राजनितिक पार्टीहरुको दवाबमा जिल्ला शिक्षा कार्यालयले पार्टीका कार्यकर्ताहरुलाई भर्ती गर्न लागिएको भन्दै उनीहरुले स्वस्थ प्रतिष्प्रधा हुने वातावरण नवन्दा सम्मको लागि उक्त प्रकृया रोक्न समेत माग गरेका छन् ।
पार्टीका कार्यकर्तालाई भर्ना गर्ने कार्यमा जिल्ला शिक्षा कार्यालयको समेत मिलेमतो रहेको भन्दै ती पार्टीहरुले प्रकृया अगाडि वढाइए कडा आन्दोलन गर्ने चेतावनी समेत ति दलले दिएका छन् ।
——————————————————————————–
अर्घाखाँची डट्कम् जिल्ला सहयोगी राम खड्काको सहयोगमा यूएई डेस्क बाट उमाकान्त पाण्डे गाउंलेको रिपोर्ट
यसभन्दा अगाडि प्रकाशित समाचार तल गएर हेर्न सकिनेछ :
अर्घाखाँचीका बिधालयमा रिक्त रहेका शिक्षक कोटा बाड्न पार्टीहरुको गोप्य छलफल
यस् अघी साना दलले बुझाएको ज्ञापन पत्रको रेकर्ड फाइल
——————————————————————————–
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.