सिरियामा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले ब्यापक दमन योजनाबद्ध र मानवता बिरोधी भएको राष्ट्रसंघको ठहर

सरकार बिरोधी प्रदर्शनमा रहेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले ब्यापक दमन योजनाबद्ध र मानवता बिरोधी भएको ठहर संयुक्त राष्ट्रसंघले गरेको छ । प्रदर्शनमा रहेका बालबालिकादेखी बृद्धबृद्धासम्मको अमानविय तरीकाले हत्या गर्ने गरेको र यौन शोषण समेत हुने गरेको ठहर संयुक्त राष्ट्रसंघको छ ।

 

 

तीन सदस्यीय आयोग गठन गरी सर्वेक्षण गरेको संघले हालै जेनेभामा सार्वजनिक गरेको रिपोर्टमा उक्त निष्कर्ष निकालेको हो । यसैबीच संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले सिरियामा तत्काल हिंसा रोक्न र दोषीमाथि कारबाही गर्न सिरिया सरकारसंग माग गरेको छ । सिरियाको बिभिन्न शहरहरुको निरीक्षण गरी करीब ३९ लामो प्रतिबेदन तयार पारको हो । सिरियामा सरकार बिरोधी प्रदर्शनमा हालसम्म ३५ सयको मृत्यु भइसकेको छ ।

 

 

यता सिरियाले भने आफनो देशमाथि अरब लीगले लगाएको आर्थिक प्रतिबन्धको निन्दा गरेको छ । सिरियाली बिदेशमन्त्री वालिद अल मोअल्लिमले अरब लीगले सिरियासंग युद्ध छेड्ने प्रयास गरेको भन्दै लीगको कदमले आफूहरुलाई कुनै फरक नपार्ने प्रतिक्रिया दिएको छ ।