पुर्व सोभियत संघका कठोर कम्युनिष्ट शासक स्टालीनकी एकमात्र छोरी लाना पिटर्सको निधन


 

पुर्व सोभियत संघका कठोर कम्युनिष्ट शासक जोसेफ स्टालीनकी एकमात्र छोरी लाना पिटर्सको अमेरिकामा निधन भएको छ । वास्तविक नाम स्वेत्लाना अलुलिएभा भएपनि लाना पिटर्सको नामले बढि चिनिने स्टालिनकी एक मात्र छोरीको ८५ वर्षको उमेरमा क्यान्सर रोगको कारण मृत्यु भएको हो । आफ्नो पति बृजेश सिंहलाई तत्कालीन सोभियत शासकहरुले राम्रो व्यवहार नगरेपछि उनि सन् १९६७ मा अमेरीका निर्वासीत भएकी थिईन ।


 

लाना आफ्नै ईच्छाले अमेरीका आएका बताएपनि यो विषयले त्यसतवेला संसारभर तरंग ल्याएको थियो । आफ्नो पति सिंहको मृत्युपछि अमेरीकी आर्किटेक्ट ईन्जीनियर विलियम वेस्ले पिटर्ससँग विवाह गरेकी लानाले त्यसपछि लाना पिटर्सकै नामले साहित्यीक लेखन सुरु गरेकी थिईन् ।


उनले लेखेका चारवटा पुस्तकमध्ये दुईवटा पुस्तक विश्वमा सर्वाधीक विक्री भएका पुस्तकहरुको सुचीमा पर्दछन् । उनको पुस्तक ट्वेन्टी लेटर्स टु ए फ्रेन्डले त्यतीवेलाको वजारमा २५ लाख अमेरीकी डलरको कारोबार गरेको थियो ।

 

Stalin's daughter Lana Peters dies at 85 in Wisconsin


सोभियत शाशक स्टालीनले लिटिल स्प्यारो नामले बोलाउने लाना र स्टालीन विचको सम्बन्ध स्टालीनको मृत्युताका निकै बिग्रिएको थियो । उनका एक दाजु ज्याकोबको दोस्रो विश्वयुद्धताका नाजी क्याम्पमै मृत्यु भएको थियो भने अर्का दाजु भासीली अत्याधिक मदिरापानको कारण मृत्यु भएपछि उनी स्टालीन परिवारकी एक मात्र जिवित सदस्य थिईन ।