अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लु वुशले अन्तर्राष्ट्रिय यातना उन्मूलन कानुनको उल्लंघन गरेकाले पक्राउ गर्न अपील गरेको छ ।
एमनेष्टीले वुशलाई पक्रन अफ्रिकी राष्ट्रहरुसँग अपिल गरेको हो । क्यान्सरविरुद्धको चेतनामुलक कार्यक्रमका लागि आगामी हप्ता अफ्रिकी मुलुक तान्जानीया, इथियोपिया र जाम्वीया जाने तयारीमा रहेका वुशलाई त्यही पक्रन एम्नेष्टीले आग्रह गरेको हो ।
सन् २००२ देखि २००९ सम्ममा क्युवाको ग्वान्तानामो बन्दी गृह, इराक र अफगानिस्तानका अमेरिकी सैन्य शिविरका थुप्रै बन्दीमाथि अमानवीय व्यवहार गरिएको र त्यसको मुख्य दोषी वुश र उनको प्रशासन भएको आरोप एम्नेष्टीको छ ।