विभास

डि.आर.जी-सुमन
मैदान ५ अर्घाखाँची
नेपाल
चिली

जिउँदो छु नभन् विभास आफै भित्र मरिसकिस् ,

झर्नुको हद भन्दा पनि धेरै तल झरिसकिस् !

जिउँदो छु नभन् विभास आफै भित्र मरिसकिस् !

उसले हान्छ लात तँलाई उसले पनि हान्छ,

सबैले लात मार्छन् बिलखबन्दमा परिसकिस् !

जिउँदो छु नभन् विभास आफै भित्र मरिसकिस् !

बेईमानीको नाम पाईस् न त कुनै काम पाईस्,

आफ्नै बिचारबाट पनि अन्तै तँ त झरिसकिस् !

जिउँदो छु नभन् विभास आफै भित्र मरिसकिस् !

अझ के पो होला खै खराब कुरा गर्न बाँकी,

जति थियो गर्न तैले सबै सबै नै गरिसकिस् !