भारतको छत्तिसगढ राज्यको लातेहर जिल्लामा सांसद र राज्यका पूर्व विधानसभा सदस्य लिएर गइरहेको गाडीहरु माथि माओवादीले गरेको आक्रमणमा १० जना मारिएका छन् ।
मारिनेमा आठ जना प्रहरी र घटनास्थल नजिक रहेका दुई जना सर्वसाधरण रहेका छन् । आक्रमणमा घाइते भएका सुरक्षाकर्मीको स्थानिय अस्पतालमा उपचार भैरहेको छ । आक्रमणमा सांसद लिएर गइरहेको गाडी भने जोगिएको छ । माओवादीले सडकको मोडमा विष्फोट गरि सुरक्षाकर्मीको सवारी साधनमा अन्धाधुन्ध गोली हानेको प्रहरीले जनाएको छ । आक्रमण लगत्तै सुरक्षाकर्मीले त्यस क्षेत्रमा व्यापक सर्च अभियान शुरु गरेको छ ।
माओवादीले आफ्ना वरिष्ठ नेता किशनजीको सुरक्षाकर्मीले गरेको हत्याको बदला लिन आक्रमण तिब्र पारेको प्रहरीको आशंका छ ।