– वीरेन्द्र केसी
अर्घाखाँची – क्षेत्री समाजका केन्द्रिय महासचिव कुमार खडकाले जातीयताको नारा बोकेर राजनीति नगर्न दलका नेताहरुलाई आग्रह गरेका छन । उनले जातीयताको आधारमा देशलाई संघीयतामा विभाजन गरे र आत्म निर्णय सहितको अधिकारको आधारमा गए देश विखण्डन हुने बताएका छन ।
क्षेत्री समाज नेपाल अर्घाखाँचीले आज सन्धिखर्कमा गरेको प्रथम भेलालाई सम्बोधन गर्दै महासचिव सडकाले राज्यको पुनःसंरचना गर्दा भुगोलको आधारमा गर्नुपर्ने बताए । उनले नेपालमा रहेको सबै जातिहरुको समान हक अधिकार हुनुपर्ने भन्दै सरकारले जातीयताका आधारमा सरकारी सेवा सुविधाका नाममा कोटा बाँडन नहुने बताए । राजनीतिक दलहरुले नेपालमा रहेका सबै जातिहरुलाई समान ढंगले नहेर जातीयताको आधारमा राजनीति गर्नु भनेको विभेदको राजनीति गर्नु हो खडकाले भने आफनै घुडामा आफै बाचरो हानेर विश्वले बहादुर ठानेको नेताललाई जात र भातको आधारमा वर्गीकरण गर्नु दुर्भाग्य हो । पुर्खाहरुले लडेर बचाएको नेपाललाई बचाउन एवं राष्टिय अखण्डता र जातिय सदभावका लागि सबै क्षेत्रीहरु एकजुट हुनुपर्ने बेला आएको खडकाले बताए । उनले क्षेत्रीहरुलाई आदीवासीमा सरकारले सुचिकृत नगरे पुन आन्दोलन गर्ने बताए ।
कार्यक्रममा मध्यपश्चिमााचल उपाध्यक्ष मान बहादुर केसी केन्द्रिय सदस्य तथा लुम्बिनी अाचल ईन्चार्ज लक्ष्मण थापा बुद्धिजीवी समाजका पश्चिमााचल सह अध्यक्ष यम बहादुर जीसी लगायतले सबैभन्दा धेरै संख्यामा रहेका क्षेत्रीहरुलाई फुटाउन देशी विदेशी शक्ति र राज्य सत्ताका मण्डलेहरु लागेको बताउदै देश बचाउनको लागि क्षेत्रीहरु एकजुट हुनुको विकल्प नभएको बताए ।
कार्यक्रम समाजका जिल्ला अध्यक्ष लेख बहादुर टण्डनको अध्यक्षता बोम बहादुर महतको स्वागत र राम बहादुर केसीको सचालनमा सम्पन्न भएको हो ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.