लुम्बिनी भ्रमण वर्ष २०१२ घोषणा र चुनौती

– भरत केसी

 

बुटवल। पर्यटन वर्ष २०११ मा अपेक्षाकृत पर्यटक नेपाल भित्र्याउन नसकेको अवस्थामा सिद्धार्थ गौतमजन्मस्थल लुम्बिनीलाई केन्द्रित गरेर आगामी वर्ष फेरि लुम्बिनी भ्रमण वर्ष २०१२ घोषणा गरिएको छ ।


लुम्बिनीको महत्वका बारेमा विश्व समुदायलाई चिनाउने, प्रचारप्रसार गर्ने, लुम्बिनीको विकासका लागि आर्थिक सहयोग जुटाउने र आन्तरिक तथा बाह्य पर्यटक नेपाल भित्र्याउने उद्देश्यले आगामी वर्षदेखि सुरु हुने लुम्बिनी भ्रमण वर्ष २०१२ अवसर र चुनौती दुवै हो ।


भ्रमण वर्षको घोषणा गरिए पनि यसको सुरुआत भने विधिवत्रुपमा आगामी वर्षको सुरुवात तथा सन् २०१२ जनवरी १ देखि मात्र हुनेछ । भ्रमण वर्षको सुरुआतसमेत भव्य समारोहका बीच गरिने लुम्बिनी विकास कोषले जनाएको छ । भ्रमण वर्ष घोषणा जति भव्यरुपमा भएको छ यसको उपलब्धि हासिल गर्न त्यत्तिकै चुनौती छ ।


भ्रमण वर्ष सफल बनाउन लुम्बिनीलाई सिंगारपटार गर्ने, सडक तथा राजमार्गमा स्वागतद्वार बनाउने तथा पर्यटकलाई आकर्षण र मनोरञ्जन दिन वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी समेत कोषले गरेको छ ।


कोषले लुम्बिनी भ्रमण वर्ष सफल पार्न कम्तीमा रु १० करोडको योजना तय गरेको छ । पोखरी तथा केन्द्रीय नहरमा टनाटन पानी भर्ने, सरसफाइ गर्ने र त्यसमाथि डँुगा चलाउने तयारी समेत कोषले गरेको छ । त्यसका लागि कोषमा तीव्ररुपमा काम भइरहेको छ ।


कोषले भ्रमण वर्ष सफल बनाउन विभिन्न सरकारी तथा गैरसकारी सङ्घसंस्थासँग छलफल तथा सहकार्य गर्ने योजना अघि सारेको छ ।


यस्तै विदेशी अन्तर्राष्ट्रिय मिडिया च्यानलमा लुम्बिनी घुम्न जाऔंँ भन्ने सन्देश प्रसारण गर्न दिइएको छ । चीन, दक्षिण कोरिया, जापान, थाइल्यान्ड, अमेरिकालगायत मुलुकमा रहेका धार्मिक संस्थामार्फत प्रचारप्रसारको व्यवस्था मिलाइने भएको छ । यस्तै लुम्बिनीको विकासका लागि अर्थ सङ्कलन, प्रचारप्रसार, इभेन्ट म्योनेजमेन्ट तथा अन्तरर्राष्ट्रिय संयोजनका लागि छुट्टाछुट्टै तयारी भइरहेको कोषले बताएको छ ।


यस्तै भ्रमण वर्ष सफल बनाउन लुम्बिनी भ्रमण वर्षका सद्भावना राजदूतलाई लुम्बिनीमा आमन्त्रित गरेर विभिन्न कार्यक्रम गर्ने, देशका काँकडभिट्टा