अर्घाखाँचीका पाचं विद्यार्थी संगठनद्धारा लेखा शाखामा तालावन्दी

-गणेश खनाल

यूएई डेस्क – अर्घाखाँची सहयोगी – 



अर्घाखाँचीमा कृयाशिल पाच विद्यार्थी सगठनले विद्यार्थीको ढाड सक्ने गरि शुल्क बृद्धि गरेको भन्दै लेखा शाखामा आईतवार देखी अनिस्चितकालिन तालावन्दी गरेका छन्।



विद्यार्थीहरुको पुर्व निर्धारित कार्यक्रम अनुसार क्याम्पस प्रशासनलाई जानाकारी गराईएको भएपनि प्रशासनले कुनै वास्ता नगरेकाले बाध्य भएर ताला वन्दि गर्नु परेको विद्यार्थी संगठनको भनाई रहेको छ।



आईतवार विहान क्याम्पसका सयौ विद्यार्थीहरुका सहभागितामा क्याम्पसको लेखा शाखामा तालावन्दी गरिएको बताईएको छ । 



तालवन्दी पछि कोण सभामा विद्यार्थी संगठनको तफबाट अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष नारायण खनाल, स्ववियु सभापति रामचन्द्र ढुङ्गगाना, अखिल छैठौका जिल्ला अध्यक्ष्ँ कुलराज खनालले माग पुरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका थिए ।







Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु