इरानी सेनाले अमेरिकी मानवरहीत ड्रोन बिमानमा आक्रमण गरी ध्वस्त पारेको छ । ईरानको पूर्वी सीमा अतिक्रमणका लागि परिचालित उक्त ड्रोन बिमानमाथि ईरानले आक्रमण गरेको दाबी गर्दै इरानको कुनै पनि सीमा अतिक्रमणका लागि अमेरिकाले ड्रोन बिमान परिचालन गरेमा फेरि पनि आक्रमण गर्ने चेतावनी दिइएको छ ।
आक्रमणबाट सामान्य क्षति पुगेको बिमान हाल इरानको नियन्त्रणमा छ । गत साता मात्रै अफगानिस्तानको आकाशमा अमेरिकी ड्रोन बिमान हराएकोमा हालसम्म पत्ता लागेको छैन भने सोही बिमान इरानी आक्रमणमा परेको अफगानिस्तानमा रहेको नेटो सेनाले जनाएका छन् ।
इरानी आक्रमणमा परेको ड्रोन बिमान अमेरिकाले सन् २००७ देखिनै गुप्त रुपमा सञ्चालनमा ल्याएको हो । पछिल्लो समय पाकिस्तानको एबोटाबादमा बिश्व आतंकबादी समूह अलकायदा प्रमुख ओसामा बिन लादेनको सुराकीका लागि पनि अमेरिकाले यही ड्रोन बिमान प्रयोग गरेको थियो ।