राजधानी काठमाडौको पेप्सिकोलामा घाँटी रेटिएर हत्या

काठमाडौ  – राजधानी काठमाडौको पेप्सिकोलामा घाँटी रेटिएर हत्या भएको छ। प्रहरीका अनुसार ३५ वर्षका गोविन्द ढुंगानाको शव आज बिहान फेला परेको हो।

 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडि बढाएको जनाएको छ।

 

केही दिनयता राजधानीमा हत्याको श्रृखला बढेको छ।