देश चलाउने दुई दर्जनभन्दा बढी मन्त्री बस्ने पुल्चोकस्थित मन्त्रीनिवासभित्रको दृश्य हो, यो । र, साँझको बेला त्यसरी पूरै होहल्लापूर्ण वातावरण निम्त्याउने व्यक्ति थिइन्, स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीकी पत्नी योगमाया -सीमा) रायमाझी भएको जनआस्था साप्ताहिकले छापेको छ । त्यत्तिका सुरक्षाकर्मी, त्यत्रो चेकजाँचको नियम, भित्रबाट नबोलाईकन झन्डावाल मन्त्रीको गाडीबाहेक अरूलाई छिर्न मुस्किल पर्ने त्यो ठाउँमा त्यस दिन मन्त्रीसँग अंश र सम्बन्धविच्छेदको मुद्दा लडिरहेकी महिलाबाट कसरी सम्भव भयो, यस्तो आतंकपूर्ण गतिविधि ? यो अचम्मलाग्दो दृश्यको फेहरिस्त यस्तो छ-
नियमितझैँ त्यसदिन साँझ मन्त्रीक्वार्टरको मूलढोकामा आधा दर्जन प्रहरी थिए । ढोकैमा खटिएका थिए, तराईमूलका एक प्रहरी जवान । तिनको सामुन्ने एउटा मोटरसाइकल रोकियो । पुरुष चालकसँगै पछाडि सलले मुख ढाकेर आएकी महिला सवार थिइन्, त्यसमा । प्रहरी जवानले चिनिहाले मन्त्राणी भनेर । बाहिर जे-जस्तो चर्चा भए पनि आखिर मन्त्रीकी पत्नी भनेर उनीहरूले चिनेकी उनै सीमा थिइन् तिनी, यसर्थ सबैले आदर गर्ने नै भए ।
सीमा साँझ सवा आठ बजे आफूलाई मन्त्रीपत्नी भन्दै क्वार्टर प्रवेश गरिन् । आइतबारदेखि नै मन्त्री रायमाझीचाहिँ निजी काममा अर्घाखाँची पुगेका थिए । सीमा मुख्य प्रवेशद्वारबाट निवास परिसरमा प्रवेश गर्दासम्म सुरक्षाकर्मीले सामान्य माने, यसकारण मोटरसाइकल नम्बर टिपेनन् । तर, जब उनी मन्त्री नभएको क्वार्टरमा छिरिन्, अनि के-कसो हो भनेर बल्ल सुरक्षाकर्मीबीच चर्चा चल्यो । उनी त्यहाँ झन्डै तीन घन्टा रहिन् । त्यसबीच जिल्ला पुगेका टोपबहादुरको निद्रा पनि