इजरायलका पूर्व राष्ट्रपति मोशी कत्साभलाई तेलअभिबस्थित मासियाहु जेल पु-याइयो

इजरायलका पूर्व राष्ट्रपति कत्साभलाई जेल सजायबलात्कारको मुद्धामा सात वर्ष जेल सजाय तोकिएका इजरायलका पूर्व राष्ट्रपति मोशी कत्साभलाई तेलअभिबस्थित मासियाहु जेल पु-याइएको छ । कत्साभले भने आफु निर्दोष रहेको भन्दै सरकारले जिउँदै गाड्ने ढंगबाट सजाय सुनाएको आरोप लगाएका छन् ।

 

इजरायली आन्तरिक सुरक्षा मन्त्री यित्जाक एकारोनोभिचले पूर्व राष्ट्रपति कत्साभलाई अरु कैदी सरह नै जेलमा व्यवहार गरिने बताउनु भयो । गत नोभेम्बरमा इजरायलको सर्वोच्च अदालतले सन् १९९० मा कत्साभ मन्त्री रहेको बेला आफ्नी सहयोगी महिलालाई बलात्कार गरेको र राष्ट्रपति रहंदा दुई महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर गरेको थियो । सन् २००७ मा आफ्नो सात वर्षे राष्ट्रपतिय कार्यकाल सकिनु दुई हप्ता अघि जेल सजाय टर्ने आशामा उनले राजिनामा दिएका थिए ।

 

एक वर्ष अघि नै दोषी प्रमाणित ६६ वर्षिय कत्साभले फैसलामा पुनरावेदन माग्दै रीट दिएका थिए । कत्साभ जेल जाने पहिलो इजरायली पूर्व राष्ट्र प्रमुख हुन् ।