जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीका अनुसार महादेवस्थान- १ का पदम बहादुर दनुवार राईको बाटैमा बिहीबार मृत्यु भएको हो । बुधवार उनका छोरा हर्क बहादुर राईले मादक पदार्थ सेवन गरी बाबु-आमालाई कुटपिट गरेका थिए ।
छोराको कुटाइबाट घाइते भएका पदमको टाउकोमा गम्भीर चोट लागेको थियो भने आमा कान्छीमायाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ‘कुटपिट गर्ने छोरा हर्क घटनापछि फरार छन्’ मैनालीले ईकान्तिपुरसँग भने, ‘खोजीको लागि प्रहरी परिचालन गरिएको छ, छिट्टै पक्राउ गर्ने काममा हामी जुटेका छौं ।’