यस वर्षको नेपाल एचआईभी तथा एड्स मिडिया अर्वाड नेपाल साप्ताहिकका रमण घिमिरे र इक्वेल एक्सेस नेपालको साथीसँग मनका कुरा कार्यक्रमलाई प्रदान गरिएको छ । एड्स न्यूनिकरणका लागि मद्धत पु-याउने खालका समाचार र विचार प्रवाह गरे वापत् उनीहरुलाई पुरस्कार प्रदान गरिएको बताइएको छ । आज राजधानीमा अयोजित कार्यक्रममा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले ६६ हजार ६ सय ६७ रुपैयाँ राशीको पुरस्कार र कदर पत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष नेम्वाङले दलहरुले कुर्सि भन्दा पनि शान्ति र संविधानलाई ध्यानमा राखेमा अबको अवधिमा संविधान निर्माण हुने विश्वास ब्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ, एचआइभी एड्स तथा औन रोग नियन्त्रण समिति र संयुक्त राष्ट्रसंघको एचआइभी एड्सको कार्यक्रम यूएन एड्सले संयुक्त रुपमा हरेक बर्ष यो पुरस्कार प्रदान गर्दै आएका छन् ।