कोलकत्ताको एक निजी अस्पतालमा भीषण आगलागी, कम्तीमा ७३ जनाको मृत्यु

भारत, मंसिर २३ – कोलकत्ताको ढाकुरिया क्षेत्रमा रहेको एक निजी अस्पतालमा शुक्रबार बिहान भएको आगलागीमा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । मर्नेहरुको संख्या थप बढ्न सक्ने समाचार एजेन्सीहरुले जनाएको छ ।



घट्नास्थलमा पुगेको २५ वटा वारुण यन्त्रले आगोलाई नियन्त्रणमा लिएको छ । आगो अस्पतालको सबै तल्लामा फैलिएको छ । एएमआरआई अस्पतालमा आगो लागेको हो । अस्पतालको आईसीयू र आईसीसीयूमा फंसेका बिरामीहरुलाई निकाल्ने प्रयास भइरहेको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घट्नास्थलमा पुगेर घट्नाबारे जानकारी लिएकी छन् । आगलागीको कारण खुल्न सकेको छैन ।