रोमानियाको राजधानी बुकारेष्टमा अमेरीकी गुप्तचर एजेन्सी सिआईएले गोप्य वन्दी गृह संचालन गरेको खुलाशा

रोमानियाको राजधानी बुकारेष्टमा अमेरीकी गुप्तचर एजेन्सी सिआईएले गोप्य वन्दी गृह संचालन गरेको खुलाशा भएको छ ।

 

अन्तराष्ट्रिय समाचार संस्था एपी र जर्मनीको एउटा टेलिभिजनले गरेको संयुक्त खोजपछि यो तथ्य बाहीर आएको हो ।रोमानियाको राजधानी बुकारेष्टमा रहेको यो वन्दी गृहमा सिआईएले आतंकावादका आरोपीतहरुलाई गोप्य रुपले राख्ने गरेको खुलाशा भएको हो ।

 

मिडिया रिपोर्टहरुका अनुसार सेप्टेम्बर ११ को हमलाका योजनाकार मध्येका एक मानिएका खालीद शेख मोहोमदलाई सन् २००३ मा पाकिस्तानमा पक्राउ गरिएपछि यही वन्दीगृहमा राखिएको थियो ।