भारतीय मुलका अंग्रेजी लेखक सलमान रुस्दीले पाँचौ विवाहका लागि इच्छा देखाएका छन् । ६४ वर्षीय बुकर पुरस्कार विजेता रुस्दीले आफ्नी पुर्व प्रेमिका मिशेल बेरिसलाई विवाहको प्रस्ताव राखेको जनाएका छन् ।
व्यावसायी क्रिस बेरिससँग सम्बन्ध टुटेको दुर्इ दिनमै विवादास्पद लेखक रुस्दीले मिशेललाई बिहेको प्रस्ताव राखेका हुन् । तर मिशेलले बिहे गर्नेबारे अझै निर्णय गरिनसकेको डेली मेलको समाचारमा उल्लेख छ ।