धनगढी – सुदूरपश्चिम महोत्सवको सांगीतिक मञ्चमा जनमानसको भीडलाई नियन्त्रण गर्ने क्रममा भएको झडपमा तीन दर्जन बढी घाइते भएका छन् ।
कलाकार मन्जु पौडेलले गीत गाइरहेकाबेला दर्शक दीर्घामा भएको भीड नियन्त्रण गर्ने क्रममा झडप भएको आयोजक समितिका अध्यक्ष दिनेश भण्डारीले बताए । उनका अनुसार पछाडिबाट ढेल्दै मञ्चको बार भाँचेपछि नियन्त्रण गर्ने क्रममा प्रहरी र युवा समुहबीच ठेलाठेल भएको थियो ।
प्रहरीको लाठीबाट घाइते भएका १२ जनालाई नजिकैको नवजिवन अस्पतालमा भर्ना गरिएको छ । भागदौडमा युवा युवती, बृद्ध बृद्धा र बालबालिकालाई समान्य चोट लागेको छ ।
प्रहरीको लाठी चार्जपछि आक्रोसित युवाले मञ्चको तोडफोडका साथै एम्वुलेन्स समेत तोडफोड गरेका छन् । झडपपछि मेलास्थल खाली गरिएको छ । स्थिति समान्य बन्दै गएको प्रहरी उपरीक्षक बसन्त पन्तले बताए ।
शनिवार परेकाले महोत्सवमा भिड थियो ।