बर्मामा प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीको नेशनल लीग फर डेमोक्रेसी पार्टीले फेरि मान्यता

बर्माकी प्रजातन्त्रवादी नेतृ सुचीको पार्टीलाई मान्यता बर्मामा प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीको नेशनल लीग फर डेमोक्रेसी पार्टीले फेरि मान्यता पाएको छ । यो मान्यतासंगै एनएलडी अब फेरि राजनीतिक प्रक्रियामा सहभागि हुन सक्नेछ ।

 

गत वर्ष वर्मामा सम्पन्न संसदीय चुनाव बहिष्कार गरेको कारण देखाउदै सुचीको पार्टीलाई त्यहांको सैनिक समर्थित सरकारले अवैध घोषित गरेको थियो । उक्त चुनाव अलोकतान्त्रिक भएको एनएलडीको आरोप थियो । एनएलडीले गत हप्ता मात्र सुची सहित उपचुनावका सबै ४८ सीटमा आफ्ना उम्मेदवार उठाउने घोषणा गरेको थियो ।

 

बर्मामा अहिले आंशिक रुपमा नागरिक प्रतिनिधित्वको सरकारले सुधारका केही कदम उठाएपछि त्यहांको राजनीतिक वातावरण सहज बन्दै गएको छ । एनएलडीले सन् १९९० को आमचुनावमा अत्याधिक बहुमत हासिल गरे पनि सैनिक शासकले परिणाम अस्वीकार गरी देशमा सैनिक शासन लागु गरेका थिए ।