कोलोम्बियामा ४० बर्षकै इतिहासमा भारी बर्षापछी पहिरो जाँदा जनजीवन प्रभावित

कोलोम्बियामा यो बर्षकै भारी बर्षापछी पहिरो जाँदा जनजीवन प्रभावित भएको छ । पहिरोमा परि एक बालीकाको मृत्यु भएको छ भने १५ जना बेपत्ता छन् भने कयौं घर ध्वस्त भएको छ ।

 

पहिरोका कारण ला क्रुज शहर बढी प्रभावित बनकोले त्यहाँका जनता बिचल्लीमा परेका छन् । सरकारले उचित राहतको ब्यबस्था गरेको जनाएको छ । पहिरोले यातायात,हवाई र टेलिफोन सेवा अवरुद्ध बनेको छ ।

 

कोलोम्बियामा ४० बर्षकै इतिहासमा पहिलोपटक भारी बर्षापछी आएको पहिरोले यति ठूलो क्षति पुर्याएको यो पहिलो पटक हो । यसबर्षको बर्षातमा मात्रै १४५ जनाको मृत्यु भएको त्यहाँको मौसमबिदहरुले जनाएका छन् ।