– प्रेमनारायण आचार्य
अर्घाखाँची २८ मसिर । अर्घाखाँचीको सन्धिखर्कमा बिभिन्न दलित संघ सस्थाले आज सन्धिखर्क बजार बन्द गराउदै चक्काजाम गरेका छन् ।
कालिकोटमा एक दलितलाई गैर दलितले चुलो छोएको बिषयमा निर्घात कुटपिट गरि हत्या गरेको बिरोधमा अर्घाखाँचीको सन्धिखर्कमा देति संघ संगठनले बजार बन्द गर्दै २ घण्टा चक्का जाम गरेका छन् । शैक्षिँक सस्था भने बन्द गरिएको थिएनन् ।
चक्का जाम हुदा सवारी साधनहरु सन्धिखर्कमा रोकिएका थिए । चक्काजाम १० देखि १२ बजे सम्म रहेको थियो । हत्याराहरुलाई तुरुन्त पक्राउ गरि कानुन अनुसार काबार्ही नगरिए थप सर्घषका कार्यक्रम घोषणा गरिने मोर्चाले जनाएको छ । बन्दको बेला कुनै अपि्रय घटना भने नघटेका प्रहरीले जनाएको छ ।
(Arghakhanchi.Com reporter Ganesh Khanal contributed to this report.)
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.