आजकल त सडकको किनारामा लेखिएको छ जिन्दगी ।
कहि साहुको ऋणी खातामा ब्याज सहित टाँसिएको छ जिन्दगी ।
सबै सुख खोज्छन तर सुख भन्ने कहाँ छ र –
सुख खोज्ने निहुँमा दुःख मात्र रेटिएको छ जिन्दगी ।
कल्पनामा पजेरो चढेको अनुभव गरेतापनि,
वास्तवमा दोवाटोमै मेटिएको छ जिन्दगी ।
जिन्दगीको यात्रामा पराइ सँग हजार नाता जोडे पनि ,
‘कु’साइतको जन्म हो कि आफन्तबाटै लुटिएको छ जिन्दगी ।
हुरि बतासले पक्षिहरुलाई के पो गरेकेा हुन्छ र –
त्यो भन्दा पनि बढि मान्छे कै शब्दले चुढिएको छ जिन्दगी ।
तिमि आफुलाई जति स्वावलम्बी ठान तर,
पापी पेटको लागि बेचिएको छ जिन्दगी ।।।
( लेखिएको भेटिएको मेटिएको , रेटिएको , जस्ता काफियाको प्रयोगमा धेरै प्राबिधिक कमीकमजोरी देखिएको ले यस् लाई सर्जकले गजल भनेर प्रेशित गरेको भए पनि अर्घाखाँची यूएई डेस्क ले भावना मा सिमित गरेको ब्यहोरा जानकारी गराइन्छ । रचनाकारले रचना गरेका शब्दको अर्थ फरक नपरोश भनेर शब्द परिवर्तन गरिएको छैन । )