कम्युनिष्ट मुलुक उत्तर कोरियाका नेता किम जोड.ईलको निधन


 

कम्युनिष्ट मुलुक उत्तर कोरियाका नेता किम जोड.ईलको निधन भएको छ ।

 

आफ्ना बाबु मिक ईल सुड.को निधनपछि सन् १९९४ देखि सत्ता सम्हालेका किमको शनिवार मृत्यु भएको उत्तर कोरियाली टेलिभिजनले जनाएको छ । किमको मृत्युपछि उत्तर कोरियामा सर्वत्र शोक छाएको छ ।

 

उहांलाई सन् २००८ मा मस्तिष्कघात भएपछि उहां कयौं महिनासम्म सार्वजनिक रुपमा देखिनु भएको थिएन । आफु अस्वस्थ भएपछि उहांले आफ्ना तेस्रो छोरा किम जोन उनलाई उत्तराधिकारीको रुपमा अघि सार्नुभएको थियो ।