रुसको साइवेरियास्थित टोम्स्क शहरको अदालतले धर्म निरपेक्षता र धार्मिक सहनशीलताका कारण सामाजिक मतभेदलाई बढावा दिने भन्दै हिन्दुहरुको पवित्र ग्रन्थ भागवत् गीतामाथि प्रतिबन्ध लगाएको छ । भागवत् गीताको बिक्री वितरणमा रोक र यसलाई गैरकानुनी बनाउनुका साथै रुसी भाषामा अनुवाद गर्न रोक लगाउन माग गर्दै परेको रीटमा फैसला दिंदै अदालतले गीतामाथि प्रतिबन्ध लगाएको हो । पवित्र ग्रन्थ गीतामाथिको प्रतिबन्ध हटाउन रुसका हिन्दुहरु भने कानुनी उपचारको खोजीमा लागेका छन् । धार्मिक रुपमा अल्पसंख्यकको अधिकारमा रुसी मानवअधिकार आयोगको निर्णयमाथि अदालतले ध्यान दिने विश्वास उनीहरुको छ ।