इजिप्टमा गत शुक्रबार भएको प्रदर्शनका क्रममा महिलामाथि इजिप्टिसियन सेना र सुरक्षाकर्मीले गरेको अमानबीय ब्यवहारको बिरोधमा हजारौ महिलाहरुले राजधानी कायरोमा प्रदर्शन गरेका छन् । गत शुक्रबार भएको प्रदर्शनका क्रममा एक महिलामाथि सेना र सुरक्षाकर्मीले गरेको दुब्र्यवहारको फोटो सहीत प्रदर्शनमा उत्रेका महिला प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपका क्रममा कयौं महिलाहरु घाइते भएका छन् । इजिप्टमा हुने गरेको हरेक प्रदर्शनमा सुरक्षाकर्मीले पुरुषलाई भन्दा महिला प्रदर्शनकारीहरुलाई ढाल बनाएको भन्दै उनीहरुले इजिप्ट सरकार र सुरक्षाकर्मी बिरुद्ध चर्को नारा लगाउँदै प्रदर्शन गरेका हुन् । इजिप्टको सत्ता सम्हालीरहेको सैन्य परिषदले भने सुरक्षाकर्मीको अमानवीय ब्यवहार प्रती खेद प्रकट गरेको छ । यसैबीच अमेरिकी बिदेशमन्त्री हिलरी क्लिन्टनले इजिप्टमा महिला प्रदर्शनकारीमाथि भएको दुब्र्यवहारको भत्र्सना गर्दै यस्ता ब्यवहार तत्काल रोक्न सुरक्षाकर्मीलाई चेतावनी दिनुभएको छ । वाशिङटनमा पत्रकार सम्मेलन गरी क्लिन्टनले महिलामाथिको यस्ता ब्यवहारको इजिप्टकै साख गिर्ने प्रतिक्रिया दिनुभयो । इजिप्टको यही रवैया रहे बिश्वभरका महिला प्रदर्शनका उत्रने चेतावनी क्लिन्टनको छ ।