नेटोका आक्रमणमा पाकिस्तानी सेना मारिएको घटनालाई लिएर पाकिस्तानको कराँची शहरमा महिलाहरुले प्रदर्शन गरेका छन् । पाकिस्तानी पार्टी जमाते इस्लामीको अगुवाईममा भएको प्रदर्शनमा हजारौं महिलाहरुले सहभागीता जनाएका छन् । प्रदर्शनका क्रममा उनीहरुले अमेरिका र नेटोका बिरुद्ध चर्को नारा लगाएका छन् । साथै उनीहरुले अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटोका सेनाहरु तत्काल फिर्ता हुनपर्ने माग अघि सारेका छन् । माग पूरा नभएसम्म आफूहरुको प्रदर्शन जारी रहने उनीहरुको चेतावनी छ । प्रदर्शनलाई ध्यानमा राखी पाकिस्तानभर सुरक्षा ब्यबस्था कडा तुल्याइएको छ । गत केही साताअघी नेटोको आक्रमणमा २४ जना पाकिस्तानी सेना मारिएपछि पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा तिक्तता आएकै बेला भएको यस प्रदर्शनले अमेरिकामाथि थप दबाब परेको छ ।