सिरियामा सरकार विरोधी प्रदर्शनका क्रममा पछिल्लो दुई दिनमा मात्रै दुई सय जनाको मृत्यु

सिरियामा सरकार विरोधी प्रदर्शनका क्रममा पछिल्लो दुई दिनमा मात्रै दुई सय जनाको मृत्यु भएको अधिकारकर्मीहरुले जनाएका छन् ।

 

सोमबार होम्स, जबादानी, जेबेह र होम्सलगायतका शहरमा भएका प्रदर्शनमा एक सय १० जना मारिएको प्रदर्शनकारीले जनाएका छन् । सैनिकको गोलीबाट २५ जना विद्रोही सैनिक पनि मारिएका छन् ।

 

सिरियाको शान्ति प्रक्रियाको अनुगमनका लागि अरब लीगका टोली पहिलो पटक सिरिया पुग्न लागैका बेला हिंसाका घटना बढेको हो । संयुक्त राष्ट्रसंघले यो महिनाको शुरुमै सिरियाली राष्ट्रपति बशार अल असादको शासनविरुद्धको प्रदर्शनमा ५ हजारको मृत्यु भैसकेको जनाएको थियो । सरकारी पक्षले भने मुलुकलाई अस्थिर बनाउने प्रयासमा रहेको हतियारधारी चरमपन्थी गिरोहले हिंसा मच्चाएको दाबी गर्दै आएको छ ।