विश्व आर्थिक मन्दीले गुज्रीरहेका बेला युरोपको केन्द्रीय बैंकले तीन वर्षका लागि सस्तो दरमा ऋण दिने योजना

विश्व आर्थिक मन्दीले गुज्रीरहेका बेला युरोपको केन्द्रीय बैंकले तीन वर्षका लागि सस्तो दरमा ऋण दिने योजना ल्याएको छ । सस्तो दरमा असीमित ऋण दिने घोषणा गरेपछि युरोपका सयौं बैंकले ऋणका लागि निवेदन दिएका छन् ।

 

ऋणप्रतिको माग केन्द्रीय बैंकले आंकलन गरेभन्दा बढी रहेको बताइएको छ । यो ऋणबाट बैंकले सरकारी ब्राण्ड किन्ने र ग्राहकलाई ऋण उपलब्ध गराउने उद्देश्य रहेको छ । युरोपीय बैंकको यस कदमलाई राम्रो मानिए पनि युरोजोनलाई ऋण संकटबाट जुध्न त्यति सजिलो नहुने बताइएको छ ।