इराकको राजधानी बग्दादमा गराइएको श्रृंखलाबद्ध वम विष्फोटमा परि कम्तिमा ६३ जना मारिएका छन् । विष्फोटमा अरु धेरै घाइते भएका छन् । इराकी आन्तरिक मन्त्रालयका अनुसार विभिन्न १३ स्थानलाई आक्रमणको केन्द्र बनाइएको थियो । विष्फोट कसले गराएको हो भन्ने खुल्न सकेको छैन् ।
इराकी उपराष्ट्रपति तारिक अल हाशिमीको आतंकवादीसंग सांठगांठ रहेको आरोपमा पक्राउ पुर्जी जारी गरिएलगत्तै राजनीतिक तनाबकाबीच यो घटना भएको बताइएको छ ।
उपराष्ट्रपति हाशिमी विरुद्धको पक्राउ पूर्जी जारीसंगै त्यहां शिया र सुन्नी समुदायबीच तनाब बढ्ने आशंका गरिएको छ । इराकमा गत हप्ता मात्र सम्पूर्ण अमेरिकी सेना इराकी सेनालाई त्यहांको सुरक्षा जिम्मेवारी सुम्पदैं स्वदेश फर्किएका छन् ।