आतंकवादी संजाल अलकायदाका आर्थिक सल्लाहकार अल सुरीबारे जानकारी दिनेलाई एक करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा अमेरिकाले गरेको छ । अमेरिकी विदेश मन्त्रालयले अल सुरी इरानमा रहेको दाबी गर्दै उनी सम्बन्धमा जानकारी दिने जोकोहीलाई उक्त पुरस्कार दिइने जनाएको हो । अलकायदाको आर्थिक संरचना ध्वस्त पार्ने उद्देश्यसहित यति ठूलो राशीको पुरस्कार घोषणा गरिएको विश्लेषण गरिएको छ ।
अफगानिस्तान, इराक र पाकिस्तानस्थित आतंकवादी संगठनहरुलाई रकम उपलब्ध गराउन अलकायदा र इरानबीच सम्झौता भएको र सोही अनुसार अल सुरीले काम गरिरहेको अमेरिकी विदेश मन्त्रालयको दाबी छ । अमेरिकाले यसअघि नै अल सुरीलगायत पाँच जनालाई अमेरिकाले कालो सूचीमा राखिसकेको छ ।