अफगानिस्तानको सीमामा केही साताअघि भएको हवाई आक्रमणबारे अमेरिकाले तयार पारेको प्रतिवेदनलाई पाकिस्तनी सेनाले खारेज

पाकिस्तान र अफगानिस्तानको सीमामा केही साताअघि भएको हवाई आक्रमणबारे अमेरिकाले तयार पारेको प्रतिवेदनलाई पाकिस्तनी सेनाले खारेज गरिदिएको छ । २४ जना पाकिस्तानी सैनिकको ज्यान जाने गरी भएको अमेरिकी आक्रमण सम्बन्धमा अमेरिकाले तयार पारेको प्रतिवेदन तथ्यहीन भएको भन्दै पाकिस्तानी सेनाले खारेज गरेको हो । प्रतिवेदनमा उक्त घटना हुनुमा पाकिस्तान र अमेरिका दुबैको गल्ती देखाइएको र घटनाका लागि अमेरिकालाई मात्रै दोष दिन नमिल्ने उल्लेख छ ।


औपचारिक रुपमा सार्वजनिक नगरिएको उक्त प्रतिबेदन अमेरिकी अखवार वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको छ । पाकिस्तान सरकारले भने प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक भएपछि जवाफ दिने जनाएको छ । पाकिस्तानले उक्त घटनामा अमेरिका मात्रै जिम्मेवार रहेको र जानाजान आक्रमण गरिएको जिकीर गर्दै आएको छ ।