क्युवामा राजनीतिक अभियोगमा सजाय काटिरहेकासहित झण्डै ३ हजार बन्दी रिहा


क्युवाको जेलमा रहेका झण्डै ३ हजार बन्दी रिहा गरिनेक्युवामा राजनीतिक अभियोगमा सजाय काटिरहेकासहित झण्डै ३ हजार बन्दी रिहा हुने भएका छन् । क्युवाका राष्ट्रपति राहुल क्याष्ट्रोले बन्दी परिवार र धार्मिक संस्थाहरुको अनुरोधलाई ध्यान दिंदै सद्भावको रुपमा यो निर्णय गरिएको बताउनु भयो ।

 

राष्ट्रिय सम्मेलनमा बोल्दै क्याष्ट्रोले रिहा गरिने २५ मुलुकका ८६ विदेशी कैदीबारे सम्बन्धीत देशका कुटनीतिज्ञहरुलाई जानकारी गराइने जानकारी दिनुभयो । रिहा हुनेहरुमा केही विरामी,महिला र बृद्ध बन्दी समेत रहेको र केही भने राज्य विरुद्धको अपराधमा सजाय भोगिरहेका पनि रहेको क्युवाको राज्य परिषद्ले जनाएको छ । तर रिहा हुनेमा राज्य विरुद्धको अपराधमा १५ वर्ष देखी बन्दी बनाइएका अमेरिकी नागरिक एलान ग्रोस भने परेका छैनन् ।

 

अमेरिका र क्युवाबीच लामो समयदेखी तिक्ततापूर्ण सम्बन्ध रहदै आएको छ । क्युवामा सन् २००३ मा सरकार विरोधी प्रदर्शनमा व्यापक घरपकड गरिएको थियो । यसलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विरोध जनाएका थिए ।