इराकको बग्दाद स्थित आन्तरिक मन्त्रालय अगाडि आत्मघाती कार बम आक्रमण

इराकको राजधानी बग्दाद स्थित आन्तरिक मन्त्रालय अगाडि गराइएको आत्मघाती कार बम आक्रमणमा परी कम्तिमा ५ जना मारिएका छन् । घटनामा २७ भन्दा बढी घाइते भएका छन् ।

 

विष्फोटक पदार्थले भरिएको कारमा मर्मत सम्बन्धि कार्यालयका कर्मचारी रहेको ठानी मन्त्रालयमा प्रवेश गर्न दिइएको केही समयै त्यहां विष्फोट भएको थियो । विष्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन ।

 

इराकका उपराष्ट्रपति तारिक अल हाशमीको आतंकवादीसंग संम्बन्ध रहेको आरोपमा पक्राउ पूर्जी जारी गरिएपछि त्यहां श्रंखलाबद्ध विष्फोटका घटना भैरहेका छन् । गत बिहिबार मात्र बग्दादमा गराइएको विष्फोटमा ७० भन्दा बढी मारिएका थिए ।