एजेन्सी – गान्धीवादी नेता अन्ना हजारेले भ्रष्टाचारविरोधी कडा कानुनको माग गर्दै फेरि अनसन सुरु गरेका छन्। जुहू सांताक्रुजस्थित महात्मा गान्धीको मूर्तिमा अभिनन्दन गर्दै हजारेले मुम्बइको एमएमआरडीए मैदानमा अनसन सुरु गरेका हुन्। अनसनलाई बेवास्ता गरे कङ्ग्रेस नेतृ सोनिया गान्धीको घर अगाडि धर्ना दिने हजारेले चेतावनी दिएका छन्।
समाचार संस्था पीटीआइका अनुसार अनसनस्थलमा सुरक्षा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नयाँ दिल्लीस्थित रामलीला मैदानमा पनि प्रदर्शनको तयारी भइरहेको छ। भ्रष्ट्राचारविरुद्ध कडा कानुनको माग गर्दै टिम अन्नाले राष्ट्रिय रुपमा आन्दोलन घोषणा गररिहेकै बेला मंगलबार भारतीय तल्लो सदनमा भ्रष्ट्राचारविरोधी कानुनको मस्यौदामाथि छलफल हुँदैछ।
अनसनका बाबजुद सरकारले कडा मस्यौदा ल्याउन इन्कार गरेमा हजारेले कङ्ग्रेस नेतृ सोनिया गान्धीको घर अगाडि धर्ना दिने घोषणा गरेका छन्। पदमा नरहेकी गान्धीसँग गठबन्धन सरकारको मुख्य चाबी भएको मानिन्छ। उनले मुम्बइमा तीन अनसन गर्ने जनाएका छन्।