तालीवानसँगको शान्ती वार्तालाई गति दिन कतारमा तालीवानको सम्पर्क कार्यालय खोल्न अफगान राष्ट्रपति हमिद कारजाई सहमत भएका छन् । खाडी मुलुकमा तालीवान विद्रोहीहरुको सम्पर्क कार्र्यालय स्थापना गरी जारी शान्ती वार्तालाई त्यहीबाट गति दिने अमेरीकी प्रस्तावलाई कारजाईले सुरुमा विरोध गरेका थिए ।
आफगानिस्तासँग परामर्श नगरीकनै अमेरीका र पश्चीमेली मुलुकहरुले तालीवानको सम्पर्क कार्यालय खोल्न दिने निर्णय गरेकोप्रति कारजाई असन्तुष्ट थिए । तर पछिल्लो पटकभने देशमा जारी शान्ती प्रक्रीया अगाडि बढ्छ भने दोहामा तालीवान सम्पर्क कार्यालय राख्न कारजाई सहमत भएका हुन् । अमेरीका र पश्चीमी राष्ट्रहरुको यो प्रस्तावप्रति तालवानी विद्रोहीहरुले भने हालसम्म कुनै औपचारीक प्रतिक्रिया जनाएका छैनन् ।
यसअघि कतारले आफ्नो देशमा तालीवानी सम्पर्क कार्यालय खोल्न अमेरीकासँग सहमति जनाएपछि अफगानिस्तानले दोहास्थित आफ्ना राजदुतलाई फिर्ता बोलाएको थियो ।