परमाणु कार्यक्रमलाई लिएर आफुमाथि थप प्रतिवन्ध लगाईए आफनो राष्ट्रबाट हुने तेल निर्यात बन्द गर्ने चेतावनी ईरानले दिएको छ ।
आफनो परमाणु कार्यक्रम शान्तीपुर्ण प्रयोजनको लागि भएको दावी गर्दै आएको इरानले विश्वका कैयौं राष्ट्रमा तेल निर्यात गर्दै आएको होमर्ज तेल प्रशोधन केन्द्रबाट कुनै पनि राष्ट्रमा तेल निर्यात नगर्ने स्पष्ट पारेको हो । इरानका उपराष्ट्रपति मोहमद रेजा रहीमीमार्फत दिइएको चेतावनीमा अन्तराष्ट्रिय समुदायले निहुँ खोजेको खण्डमा इरान नभई बिश्वका कयौं राष्ट्र अप्ठेरोमा पर्ने जनाईएको छ ।
इरानको परमाणु कार्यक्रम आणविक हतियार निर्माणमा केन्द्रीत रहेको भन्दै अन्तराष्ट्रिय समुदायले बारम्बार दबाब दिदै आएको छ भने ऊ माथि थप नाकावन्दी लगाउने विषयमा समेत छलफल चलीरहेको छ ।
ईरानको यस्तो चेतावनीले अन्तराष्ट्रिय तेल वजार प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।