सघींयता


 

 – बिनोद गैरे ,काठमाडौं


 
कहा बाट आईलाग्यो नेपालमा सघींयता
छेदबिच्छेद पार्न चाहान्छन् देखेरयो बिभिदता  ।

 

 

जनताको आन्दोलनले कहा माग्यो संघियता
सारा जनको एउटै आवाज अनेकतामा एकता  ।

 

सघींयताले देश टुक्रन्न भन्ने कुन हो बुद्धिमता 
अखण्ड यो देश बचाउन अघि बढौं अबता  ।

 

 

भारत बाट पौचो ल्याए सघींयताको सरौटे
काग्रेस एमाले मायोबादीका आसेपारे भरौटे ।

 

 

दल बाट दलाल गर्ने दलहरुका दलाल हो
एका देशको नेपाल बन्छ सघींयतामा नहाल भो ।

 

संबिधान त तिम्रो लागी एका देशको कथा भयो 
प्रसूतिले बच्चा पाउन नसकेको ब्यथा भयो ।

 

 

कहिले सम्म अनिर्णयको बन्दि जनलाई बनाउन्छौ
निर्दही र लाहाचार भै बिदेशीलाई कनाउन्छौ ।

 

 

 

कोषी बेच्यौ कर्णाली बेचयौ अब नेपाल बेच्नै लाग्यौ 
भारत सामु घुडा टेक्दै सघींयता किन माग्यौं ।

 

धेरै जनले पढिसके सिक्किम र फिजी कथा 
नेपाल जस्तो सानो देशमा किन चाइयो संघियता ।

 

 

सघींयता होइन बरु एकात्मक नै बेश हुन्छ 
जहा हरेक नेपालीको आफ्नै भाषा भेष हुन्छ ।

 

 

नेताहरुको संघियता मागी खाने भाडो भा छ
ब्ाहिर भन्न नसेकेनि भित्र भित्र घाढो भा छ ।

 

आउनुस अब सबै चिनौ सघींयताको मुलि लाई 
अखण्ड यो प्यारो नेपाल खण्ड खण्ड पार्नेलाई ।

 

तराईका टम्म फाट हिमालका हिमचुली 
सघींयताको मुलि लाई आउनुस अब चढायौं सुली ।

 

 

अस्तु