– प्रेमनारायण आचार्य
अर्घाखाँची १३ पौस । जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीको आयोजनामा आज हात्तीपाईले रोग सम्बन्धी पत्रकार संग अन्तरकि्रया कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीका प्रमुख डा. चित्रप्रसाद शर्मा वाग्लेले हात्तीपाइृले रोगको बारेमा जानकारी गराउनु भएको थियो ।
आउदो २३ र २४ गते जिल्लामा खुवाईने हात्तीपाईले बिरुद्धको औषधीको बारेमा पत्रकारलाई जानकारी दिनकालागि कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यलयका लोकमणि बोहोरा रामबहादुर क्षेत्री र तिलक महत्राले गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका कि्रयासिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.