इरानले बिश्वका कयौं राष्ट्रमा तेल निर्यात बन्द गर्ने भन्दै दिएको धम्कीप्रती अमेरिकाले आपत्ती

इरानले बिश्वका कयौं राष्ट्रमा तेल निर्यात बन्द गर्ने भन्दै दिएको धम्कीप्रती अमेरिकाले आपत्ती जनाएको छ । अमेरिकी नौ सेनाका प्रवक्ताले इरानको यो मनोमानी ढंगको चेतावनी कुनै पनि राष्ट्रलाई सह्य नहुने बताएका हुन् ।

 

इरानलाई आफनो अनाधिकृत परमाणु कार्यक्रम बन्द गर्न अमेरिकाले फेरी पनि सुझाएको छ । यसअघि परमाणु कार्यक्रमलाई लिएर पश्चिमा मुलुकहरुले इरानमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेकै बेला इरानले आफनो राष्ट्रबाट हुने तेल निर्यात बन्द गर्ने चेतावनी दिएको थियो । अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्ध लगाएको खण्डमा होमर्ज तेल प्रशोधन केन्द्रबाट कुनै पनि राष्ट्रमा तेल निर्यात नगर्ने चेतावनी इरानले दिएको थियो ।


इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्धेश्यका लागि भएको दाबी गर्दै आएको छ । यसअघि गत नोभेम्बरमा संयुक्त राष्ट्रसंघको परमाणु शक्ति निरीक्षण निकायले इरानले गोप्य रुपमा आणविक हतियार निर्माणको काम गरेको जनाएपछि अमेरिका र बेलायतले इरानमाथि विभिन्न आर्थिक नाकाबन्दी लगाएका थिए ।