– वीरेन्द्र केसी
नरपानी, अर्घाखाँची – चुनढुंगा उत्खननले खानेपानीका मुहान सुकेपछि सयौ गाउँले सडकमा उत्रिएका छन । उनीहरुले चुनढुंगा उत्खनन कार्य सधैका लागि रोक्ने सरकारसँग माग गरेका छन ।
नरपानीको झाडी जंगल सहितको नर्तनाञ्चल पहाडबाट चुनढुगा उत्खनन गर्दा खानेपानीको मुहान सुकेपछि नरपानी खाँचीकोट सितापुरपाली गाविसका सयौ सर्वसाधारण सडकमा उत्रिएर प्रदशन गर्दै रोक्न माग गरेका हुन । मुहान माथिबाट डोजर स्काभेटरले पहाड भत्काई जंगलका ठुला-ठुला रुख मासेर ढुगा निकाल्दा मुहान सुकेको नरपानी चुनढुगा उत्खनन रोक्का संघर्ष समितिका संयोजक पदम केसीले बताए । कालापतल मुहानबाट नरपानी गाविसको ४ र ७ वडाका करिब १ सय घरदुरीले ३० धारा मार्फत खाँदै आएको पानी असोजदेखी सुकेको छ । त्यस्तै अन्य गाउँमा जाने मुहान पनि सुक्दै गएको गाउँलेको भनाई छ ।
जिल्लाकै सबैभन्दा धेरै खानेपानीका मुहान भएको र यही पहाडको ५ वटा ठुला मुहानबाट सदरमुकाम सन्धिखर्क लगायत ३२ गाविसका सर्वसाधारणले खानेपानी लगेका छन । चुनढुगा उत्खननले ३२ गाविसमा जाने मुहान यस वर्ष सुक्दै गएको छ । कालापतल मुहान सुकेपछिगाउँलेको विरोधपछि डेढ महिनादेखि कम्पनीले उत्खनन कार्य बन्द गरेको छ । जिल्लाको सर्वदलीय नेतृत्वले स्थलगत अनुगमन गरी बन्द खानी खुलाउँन थालेको भन्दै सयौ गाउँले भेला भई सडकमा विरोध प्रदशन गरेका हुन । प्रदशनमा गाउँका युवा देखि वालबालिका महिला र बुढाबुढी समेत आएका थिए । उनीहरुलाई साथ दिन जिल्लाका विभिन्न गाविसबाट पनि सर्वसाधारण सहभागी भएका थिए । स्थानीयले ढुगा उत्खनन गर्न सधाकै लागि बन्द गनुपर्ने भन्दै प्रदशनमा उत्रिएपछि स्थलगत अध्ययनका लागि आउन लागेको सर्वदलीय नेतृत्वले अनुगमन कार्य स्थगित गरेको छ । मुहान सुक्दा १ सय घरदुरी खानेपानीबाट विाचत भए केसीऌे भने वैकल्पिक व्यवस्था भएन पानी नभएपछि गाउँले विस्थापित हुने अवस्था सृजना भयो । मुहान सुक्दा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक विस्थापित हुदैछन भने अन्न उत्पादनको लागि सिचाई समेत ठप्प छ ।
सरकारले १५ वर्षको लागि चुनढुगा उत्खनन गर्न अनुमती दिएकै वर्षदेखि पटक-पटक विवादित भई बन्द हुदै खुल्दै आएको उत्खनन कार्य यस पटक डेढ महिना देखी ठप्प छ । उत्खनन कार्यको ६ वर्षको अविधीमा स्थानीय गाउँलेले ६ पटक विरोध गर्दै बन्द गराएका थिए । यस पटक भने चार गाविसका गाउँले सडकमै उत्रिएर विरोध गरेपछि सहमती हुन सकेको छैन । ढुगा निकालेर पहाडलाई मरुभुमी बनाउनुको साटो पर्यटकीय स्थल बनाउन माग गरेका थियौ खाँचीकोटका स्थानीय विष्णुप्रसाद भुसालले विरोध सभामा भने अब उत्खखन कार्य सधैका लागि बन्द गर्न सरकारसँग हाम्रो माग हो । गाउँलेले जिल्ला स्तरीय नेतालाई गाउँको हितको लागि ढुगा निकाल्न बन्द गरी सहयोग गर्न माग गरेका छन नरपानीका मोहन शाहीले भने सरकारले प्रहरी प्रशासन लगाएर दमन गरे खानीमै सयौ गाउँले गएर सुत्छौ । विरोध सभामा प्रमुख अतिथि अधिवक्ता वासुदेव आचार्यले ढुगा निकाल्ने कार्य सधैका लागि नरोके खानेपानीका मुहान सुकेर नरपानी मात्रै नभएर ३२ गाविसका गाउँ विस्थापित हुन्छन सरकारले जनताको भावना बुझेर रोक्नु बाहेक अरु विकल्प छैन ।
थम्मन केसीका अनुसार गाउँलेको तीव्र विरोध पछि उत्खनन कार्य सधाकै लागि बन्द हुने संकेत देखिएको छ । एक साता अधि जिल्लामा आएका स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले पनि गाउँलेको भावना विपरित अपमानजनक ढंगले धम्क्याएको भन्दै चर्को आलोचना गरे । नरपानीका तोमलाल चुँदालीले उत्खनन रोक्नेलाई कारवाही गर्ने भन्दै अपमान जनक ढंगले धम्क्याएको भन्दै विरोध गरे । उनले जनताको मर्म र भावना विपरित बोल्ने मन्त्रीले राजीनामा दिन माग गरे । ढुगा उत्खननबाट अप्रत्यक्ष रुपमा मन्त्रीको लगानी रहेको र कमिसन आउँदैमा सयौ जनतालाई गास र वास प्रति खेलवाड गर्न नहुने भन्दै अधिकाश गाउँलेले रायमाझीको चर्को आलोचना गरे ।
चुनढुगा उत्खनन कार्य रोकिएपछि दैनिक १० लाख रुपैयाँ भन्दा बढी घाटा भएको डाईनेष्टिक कम्पनीका महाप्रवन्धक महेन्द्र रावलले बताए । उनले छलफल गरी गाउँलेलाई खानेपानीको व्यवस्था गर्न सरकार मार्फत कम्पनीले सहयोग गर्ने बताए ।
बुधवार बसेको गाउँलेहरुको भेलाले पदम केसीको संयोजकत्वमा नर्तनाञ्चल पहाड बचाउन समिति गठन गरेको छ । भेलाले नरपानीको जंगल र पहाडलाई निशेधित क्षेत्र घोषणा गरेको छ । ढुगा निकाल्ने सामाग्री देखी घाँस दाउँरा नकाटन र हसिया लिएर गए जरिवाना सहित कारवाही गर्ने निर्णय गरेका छ ।
Editor’s Note: तस्बिरहरु केही समय मै प्रकासित हुँदैछन ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.