फेसबूकमा अर्घाखाँचीबासी सगंको कुराकानी- देशमा रोजगारका अवसर हुनुपर्छ – प्रवासी युवाहरु



 

– उमाकान्त पाण्डे गाउंले 

      यूएई आबुधाबी
 

गाउघर छोडे पछी आफ्नो परिवारसग भेटेको भान हुने भएकोले अर्घाखाँची डट्कम् दिनहु पढ्ने गरेको सुनाउदै अर्घाखाँची अर्घातोषका बाबुराम पौडेलले फेसबूक च्याटमा आफ्ना मनका भावना खुलेर पोखे ।
 

रोजगारीका लागि प्रवासीएको बताउने पौडेल अहिले सम्युत्त अरब एमिरेट्स यूएईको आबुधाबीमा कार्यरत रहेको बताए। स्थानिय एक रियल स्टेट कम्पनीमा काम गर्ने पौडेलले घरमा बुढेसकालका आमा बुवा रहेको र आफ्नी प्राण प्यारी श्रीमती भएको जानकारी दिए।

 


तस्विर :बाबुराम पौडेल/फेसबूक

 

उनले भने नेपालमा दिनहु महगीं बढेको छ, मेहनत गर्ने बानी हराउदै छ , पहिला जस्तो खेतीपाती त्यती उत्पादन हुँदैन’ नेपालमा बसेर के गर्नु धेरथोर भए पनि बिदेशमै गएर कमाउछु भन्ने मनासयले १० जोड दुई अध्ययन गर्दागर्दै बिदेश आएको अहिले करीब ६ बर्ष भईसकेको जनाए।

३ बर्ष अघी देखी अर्घाखाँची डट्कम् दिनहु हेर्ने र डट्कम् मा प्रकाशन हुने समाचार – साहित्य तथा जिल्ला र प्रवासका तस्विर हरु हेरेर जिल्लामै पुगेको महसुश हुने उनको भनाइ थियो।


आफ्नो जिल्लाको नामबाट यूएई प्रवासमा सबैभन्दा लोकप्रिय संचार माध्यम पाउदा आफुलाई गर्व लागेको उनको भनाइ थियो। आफुले धेरै पटक यूएई डेस्कमा संपर्क गर्न खोजेको तर बिबिध कारणले गर्दा आफु असफल भएको उनको दाबी थियो।

 


तस्विर :बाबुराम पौडेल/फेसबूक

 

अर्घातोष ५ घर भई अर्घाखाँचीको सुर्यथुम स्थित सरस्वती स्कुलमा अध्ययन गरेको बताउने पौडेलले आज भोली दिनहु घर-परिवार सँग कुरा गर्ने बताए। अहिलेत पहिला जस्तो फोन गर्न भन्दै सदरमुकाम धाउनु पर्दैन ‘कम्तीमा घर घर सम्म नेट पुगेको छ , स्क्यापी, याहु तथा फेसबूकबाट नियमित च्याट गर्ने बताउने उनी ४ महिना अघी मात्र घर गएर फर्केका हुन । बिहे गरेको २ बर्ष भए पनि बालबच्चा नभएको बताउने उनले यसरी समाचार सामाग्रीका लागि  आफु सग कोही कुरा गर्ला भनेर सपनामा समेत नसोचेको मुस्कुराउदै सुनाए। शनिबार यूएईको समयअनुसार रातको ११ बजे बाट सुरु गरेको भलाकुसारीमा अर्घाखाँची डट्कम् सग कुरा गर्न पाउदा मन प्रभुल्ल भइ आनन्द आएकोले डट्कम् सग अझै समय माग्दै थिए।

“अर्घाखाँचीडट्कमको नयाँ अभियान फेसबूकबाट देश बिदेशमा रहेका अर्घाखाँची बासीको कुराकानी’ नामक स्तम्भका लागि गरिएको भलाकुसारीमा यस् हप्ता पनि उत्साहजनक सहभागीता देखियो ।


सगिनी सुइ लागाएर प्रजनन प्रकृयाको म्याद थपे जस्तो सविधान सभाको म्याद सार्दै तलब भात्ता पचाउने दाउमा नेपालका राजनितिक दल र त्यस का माउ नेता लागेकोले यि सबै चोर फटाहा हुन – हामी युवा हरुले यसरी अरुको गुलामी गर्नु परेको छ , देशलाई सखाप पार्ने भए, कम्तिमा शान्ती प्रकृयालाई टुङगोमा पुराइ नयाँसबिधान जारी गरे त नेपालमै केही गर्ने भनेर फर्किने थिए भन्दै झन आज भोली सघींयताको नाममा जातिय द्वन्द्र बढेकोमा उनको चिन्ता थियो।


उता कतारको समय अनुसार रातको करीब १० बजे तिर अन्लाईनमा झुल्किएका अर्घाखाँची बल्कोट ३ साजबोटका मोतिलाल भुसालले आफ्नो बेदना पोखे।

 


तस्विर :मोतिलाल भुसाल/फेसबूक

 

आफ्ना बुवाको स्वर्गारोहण हुँदा समेत नेपाल जान नपाएकोले मन सार्है दुखी भएको उनको भनाइ थियो। गत अक्टोबर ०२१ मा आफ्नो बुवाको निधन भएको बताउदै उनले कतारमा आफुले भनेको समय स्वदेश फर्किन नपाउने नियमले गर्दा आफुलाई नराम्रो लागेको गुनासो गरे। 

 


तस्विर :मोतिलाल भुसाल/फेसबूक 

 

अर्घाखाँची डट्कम् पढेर गाउठाउका समाचार पढ्न पाउदा अन्त्यन्त खुशी लाग्ने र जागिरबाट बचेँको केही समय यसै वेबसाइटमा बिताउने उनको भनाइ थियो। बल्कोटको महेन्द्र बिधाबोध हाइ स्कुलमा अध्ययन गरी काठमान्डौमा उच्च शिक्षा हासिल गर्न आएको र त्यतैबाट बिदेशिएको उनको भनाइ छ।

 

धेरथोर कमाउनै पर्ने – घरको स्थिती पनि हेर्नै पर्‍यो – उमेरमै कमाइ भबिश्यलाई केही हुन्छ कि भनेर बिदेशिएको उनको भनाइ थियो । कतार आएको करीब ३ बर्ष पुग्न लागेकोले अब बाबाको वार्षिक पुन्य तिथीमा नेपाल फर्किने सोच रहेको बताए। समय बिताउन र अली अली घरखर्च चलाऊन सिवाय खासै केही गर्न नसकेको गुनासो उनले पोखे।

 

नेपालमा गर्ने बातावरण छैन।प्रशासनिक ढिलासुस्ती देखी शान्ती सुरक्षाको खस्किदो स्थितीले उन्लाई झन चिन्तित बनाएको छ। देशमा रोजगारको अवसर भए हामी युवा बिदेश पलायन हुनु पर्ने थिएन। त्यसर्थ देशमा छिट्टै शान्ती आओश – सवीधान बनोस भन्ने मेरो कामना छ उनले अर्घाखाँची डट्कमसग भनाइ राखे।

 

 

 

 





सुचना : यदी तपाईंहरु पनि हामीहरुसग यसै गरी भलाकुसारी गर्न चाहनुहुन्छ भने कृपया आफुलाई पायक पर्ने समय मिलाएर हामीलाई खबर गर्न-गराउन अनुरोध गर्दछौ । कुराकानी गर्न चाहनुभएमा हाम्रो फेसबूक पेज अर्घाखाँची टाईम्स Arghakhanchi Times मा साथी बन्न अनुरोध गर्दै खबर गर्नुहुन अनुरोध गर्दछौ ,यो अभियान साप्ताहिक रुपमा अघीबढाएका छौ।

 

 

 

 

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

 

 

 


अन्य समाचारहरु