सिद्धारामा छात्रवास पाएपछि विद्यार्थीमा खुसीयाली


 

– वीरेन्द केसी


सिद्धारा, अर्घाखाँची –  सिद्धाराको जनजागृती उच्च मावि कक्षा १० मा अध्ययनरत शान्ता पुलामी विद्यालयमा छात्रवास भएपछि अब चार घण्टाको पैदल हिडेनुपर्नै बाध्यताबाट मुक्ति पाएपछि निकै खुसी भईन । घरबाट विद्यालय आउन जान गरी दैनिक सात आठ घण्टा पैदल हिडनुपर्ने भएन उनले भनिन अब यही छात्रवासमा बसेर पढन पाईने भयो । उनी सहित अधिकाश विद्यार्थी छात्रवासको व्यवस्था भएपछि हर्षित छन ।

 



भौगोलिक हिसाबले जिल्लाकै सबैभन्दा ठुलो र विकट गाविसका विभिन्न गाउबाट मावि र उच्च शिक्षाको लागि विद्यालय आउन जान दैनिक सात आठ घण्टा समय लाग्ने गर्छ । धेरै भुभागमा जंगल र छरिएर रहेको पातलो वस्ती भएकाले डाडा काटेर आउदा विद्यार्थीलाई पढाईमा समस्या पर्दै आएको थियो । विद्यार्थीलाई पढनको लागि सजिलो होस भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पौडेलले आफना बुवा मणिरामको वार्षिक पुन्यतिथिको अवसरमा करिब ३० जना विद्यार्थीलाई बस्न मिल्ने ४ कोठे निमार्ण सम्पन्न छात्रवास विद्यालयलाई हस्तान्तरण गरेपछि विद्यार्थीमा खुसीयाली छाएको हो । अध्यक्ष पौडेलको पहलमा ८ जना दाजुभाई र ५ जना दिदिवहिनीले चन्दा उठाएर २ लाख ३७ हजारको लागतमा ४ कोठे स्वर्गीय श्री मणिराम पौडेल स्मृती छात्रवास निर्माण गरेका हुन ।
 


 

आफना स्वगीय पतिको नाममा निमार्ण सम्पन्न छात्रवास एक कार्यक्रमका बीच चुमकाल पौडेलले विद्यालयका प्रचार्य रोमाखर बाजाडेलाई हस्तान्तरण गर्दै यही छात्रवासमा बसेर पढने विद्यार्थीले देशको लागि राम्रो काम गर्नको लागि प्रेरणा मलोस भनि शुभकामना दिईन ।


५० वर्ष अघि आफना छोराछोरी र गाउका छोराछोरीलाई पढाउनको लागि मणिरामले उक्त  विद्यालय स्थापना गर्न ठुलो पहल गरेका थिए । विद्यालय जंगलको बीचमा भएको र वरिपरी भाडा लिएर बस्ने घरहरु नभएकाले छात्रवासले विद्यार्थीलाई ठुलो राहत मिलेको प्राचार्य बाजाडेले बताए ।  विद्यालयमा पौडेल परिवारको ठुलो योगदान रहेकोले उनले बताए । विकटको विद्यालय भएकाले सरकारी क्षेत्रबाट उपेक्षित छ । विद्यालयमा ३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन । टाढाबाट आउने विद्यार्थीलाई छात्रवासमा बसाल्नको लागि पहिलो प्राथमिकता दिईने बाजाडेको भनाई । विद्यालयलाई अझै यस्तै ५ ६ कोठे छात्रवासको आवश्यक्ता रहेको छ ।

 


 

अधिकाश विद्यार्थीहरु झाडी जंगल छिचोलेर घण्टौ पैदल हिडदा जंगली जनावरको आक्रमणमा परिने डरले दैनिक विद्यालय अनुपस्थित रहदै आएको विद्यालयले जनाएको छ ।
 

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अन्य समाचारहरु