अरब लीगले सिरियाको अवस्था अनुगमनका लागि गएका आफ्ना पर्यबेक्षकहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सिरियाली सरकारले प्रदर्शन दबाउने क्रममा निर्दोष ब्यक्तिहरुको पनि हत्या गरेको भन्दै अरब लीगले आप्mना पर्यवक्षेकहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
अरब लीगले सिरियाको अवस्थाको अनुगमन र लीगले तयार गरेको शान्ति सम्झौता कार्यान्वयनको अवस्थाबारे बुभ्mन अनुगमन टोली खटाएको थियो । सिरियाले शान्ति सम्झौता अनुसार हिंसा नियन्त्रण, सेनाको तैनाथीमा रोक र राजनीतिक बन्दी रिहा लगायतका काम नगरेको अरब लिगको आरोप छ । एक साता अघि अनुगमन टोली सिरिया पुगे पनि त्यहाँ जारी हिंसामा कुनै कमी आएको छैन । सिरियामा हाल अरब लीगका ६० जना पर्यबेक्षकहरु छन् । संयुक्त राष्ट्रसंघका अनुसारका दश महिनायता जारी सरकार बिरोधी प्रदर्शनको क्रममा सिरियामा पाँच हजारको मृत्यु भइसकेको छ ।