दक्षिण कोरियाले उत्तर कोरियाली नेतृत्व परिवर्तनबाट दुई मुलुकबीच सम्बन्ध सुधारको सम्भावना बढेको स्पष्ट

किम जोङ को निधनपछि दुई कोरियाबीच सम्बन्ध सुधारको सम्भावना बढेको


दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोङ इलको निधनपछि त्यहाँ भएको नेतृत्व परिवर्तनबाट दुई मुलुकबीच सम्बन्ध सुधारको सम्भावना बढेको जनाएको छ । दक्षिण कोरियाका राष्ट्रपति ली म्युंग बाकले आफ्नो सबैभन्दा ठूलो उद्धेश्य भने कै कोरियाली प्रायद्धिपमा शान्ति र सुरक्षा स्थापना भएको बताउनु भएको छ । नयाँ वर्षको अवसरमा टेलिभिजन सन्देश दिदै दक्षिण कोरियाली राष्ट्रपतिले छिमेकी उत्तर कोरियाले युद्धको निम्ति उक्साउने कोशिस गरेमा दक्षिण कोरियाले यसको उपयुक्त जवाफ दिन कुनै कसर बांकी नराख्ने पनि स्पष्ट पार्नु भएको छ ।


शान्ति आफ्नो प्राथमिकता भएको र अहिले उत्तरसंग सम्बन्ध सुधार गर्ने अबसर आएको ली म्यंगको भनाई थियो । उहांले प्योङयाङले आफ्नो आणविक कार्यक्रम स्थगित गरेमा अवरुद्ध निशस्त्रीकरण वार्ता पून शुरु हुन सक्ने पनि बताउनु भयो । हाल विश्व समुदायबाट अलगको स्थितिमा रहेको उत्तर कोरियाले अहिले खाद्य संकट बेहोरिरहेको छ । उत्तर कोरियाले सन् २००६ मा दुई वटा आणविक परिक्षण गरे यता थुप्रै राष्ट्रहरुले सहयोग रोकेका छन् । दुई कोरिया पछिल्लो ६० वर्ष यता प्राविधिक रुपमै युद्धको स्थितिमा छन् ।