अरब लीगले सिरियामा भईरहेको दमन रोक्न राष्ट्रपति बसाद अल असदमाथि तीब्र दबाब दिएको छ । अरव लीगले शान्ति मिसनको क्रममा साठी जना पर्यबेक्षकहरु सिरिया पठाई प्रदर्शनकारीमाथिको सैनिक दमन रोक्न दबाब दिएको हो । तर सरकारी दमन जारी रहेकाले प्रदर्शनकारीहरु मारिने क्रम रोकिएको छैन । अरब लीगको मिसन पुगेपछि सडकबाट सैनिक ट्यांकहरुm हटाईएको र ३ हजार भन्दा बढी बन्दीहरु रिहा गरिएको छ ।
गत मार्चदेखि सरकार विरोधी प्रदर्शन शुरु भए यता पांच हजार भन्दा बढी प्रर्दशनकारीको मृत्यु भईसकेको छ । अरब लीगले सिरियामा हिंसा जारी रहे आफ्ना पर्यबेक्षकहरुलाई फिर्ता बोलाउने जनाउ दिएको छ ।