बढ्दो तापमानका कारण अष्ट्रेलियामा ठाउँ ठाउँमा आगलागी

तापमानका कारण अष्ट्रेलियाको ठाउँ ठाउँमा आगलागी


बढ्दो तापमानका कारण अष्ट्रेलियामा ठाउँ ठाउँमा आगलागी भएको छ ।

 

अष्ट्रेलियाको भिक्टोरिया शहरमा मात्रै सय भन्दा बढी स्थानमा आगलागी हुँदा थुप्रै घर र गाडीहरु जलेका छन् ।

 

उच्च तापमानको सबैभन्दा वढी असर उत्तरी अष्ट्रेलियामा परेको छ । त्यहाँका कयौं चौपायाहरु जलेका छन् ।

 

सम्भावित घटनालाई ध्यानमा राखी अष्ट्रेलियाभर उच्च सतर्कता अपनाइएको छ ।

 

 

 

यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री जुलिया गिलार्डले प्रभावित शहरका जनतालाई उचित राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ । अष्ट्रेलियाको तापमान अहिले ४० डिग्री सेल्सियस पुगेको छ ।