सिंगापुरका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको तलब सुविधामा व्यापक कटौती

सिंगापुर   – सिंगापुरका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको तलब सुविधामा व्यापक कटौती हुने भएको छ । सरकारद्वारा गठित तलब समितिले उनीहरूको तलबमा भारी कटौतीको सुझाव दिएको हो ।

सुझावमा राष्ट्रपतिको तलब आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत र प्रधानमन्त्रीको ५१ प्रतिशतले घटाउन भनिएको छ ।

गत वर्षको संसदीय निर्वाचनमा सत्तारूढ पार्टीले सन् १९६५ यताकै सबैभन्दा कम मत ल्याएपछि तलब समिति बनाइएको थियो । सरकारले सुझाव पालना गर्ने मनस्थिति बनाएको स्थानीय सञ्चामाध्यमहरूले जनाएका छन् ।

३६ प्रतिशत तलब कटौती हुँदा पनि प्रधानमन्त्री ली हसन लुङ विश्वकै बढी सुविधा पाउने नेताहमध्ये एक हुनेछन् । कटौतीपछि पनि उनले वाषिर्क करिब साढे १४ करोड रुपैयाँ -१७ लाख अमेरिकी डलर) तलब बुझ्नेछन् । यसको तुलानमा अमेरिकी राष्ट्रपति बाराक ओबामाको तलब एक चौथाइभन्दा कम छ । ओबामाले वाषिर्क करिब साढे तीन करोड रुपैयाँ (४ लाख डलर) बुझ्छन् ।

सिंगापुरका राष्ट्रपति टोनी टानको तलब ५१ प्रतिशतले कटौती हुँदा पनि झन्डै १३ करोड रुपैयाँ (१५ लाख अमेरिकी डलर ) वाषिर्क तलब पाउनेछन् ।

सुविधा कटौती हुनेमा सांसद् र राजनीतिक नियुक्ति पाउनेहरूलाई पनि समावेश गरिएको छ । सुरु तहको मन्त्रीको तलब ३७ प्रतिशतले कटौती हुनेछ र उनीहरूले मासिक झन्डै साढे ९ लाख रुपैयाँ -११ लाख डलर) पाउनेछन् ।


एजेन्सी