ललितपुर – पाटन अस्पतालमा एक महिलाले तिम्लिया बच्चा जन्माएकी छन् ।
विराटनगर, कञ्चनबारीकी २९ वर्षीया कमला आचार्यले अढाई किलोका दुई र दुई किलोका एक गरी तीन छोरा जन्माएकी हुन् ।
सुत्केरी आमा र दुई बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको र दुई किलो तौल भएको बच्चाको स्वास्थ्य भने सामान्य बिग्रिएकोले उपचार भइरहेको अस्पतालले जनाएको छ । कमला आचार्यकी दिदी चन्द्रा आचार्यले कम तौल भएको बच्चाको पनि स्वास्थ्य अवस्था सुधार हुदै गएको बताइन् ।
काठमाडौंको गोंगबुस्थित सुनौलो भविष्य नेपाल नामक गैरसरकारी संस्थामा स्टाफ नर्सको रुपमा काम गर्ने आचार्यले गत पुस १८ गते सोमबार मध्यान्ह् १२:५१ बजे एक/एक मिनेटको अन्तरालमा तीन बच्चा जन्माएकी हुन् ।
– रासस